कतारमा जनमुक्तिको अन्तरक्रिया « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

कतारमा जनमुक्तिको अन्तरक्रिया


यलम्वर टाइम्स
१८ बैशाख २०७४, सोमबार ०६:३६

Qatarदोहा / राष्ट्रिय जनमुक्ति पार्टी नजिक जनमुक्ति मञ्च कतारले नेपालको समसामयिक राजनीतिक परिस्थिति, स्थानीय निर्वाचन, पार्टीका रणनीति र जनमुक्ति मञ्चको भूमिकाको विषयमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जनमुक्ति मञ्च कतारका सल्लाहकार महेन्द्र थापा मगरले कार्यक्रमको उद्घाटन गर्दै जनमुक्ति सानो दल भए पनि वैचारिक रुपमा बलियो भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मगरले समतामुलक, भ्रष्टचार मुक्त, शान्त र समृद्ध मुलुक निर्माण गर्नको लागि नजिकिदै गरेको स्थानीय चुनामा घर चिन्हमा मतदान गर्न समेत अनुरोध गरेका थिए ।
संघीय परिषद सदस्य तथा जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बूको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा श्रीमान थापा मगर, उपाध्यक्ष तोर्ण लिम्बू, उपाध्यक्ष तथा महिला विभाग प्रमुख निता बम्जन तामाङ, उपमहासचिव टमबहादुर थापा मगर, लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा जनमुक्ति विचारधारा प्रेमीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
मञ्चका वरिष्ठ उपाध्यक्ष भीम सारु मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीको संघीय परिषद सदस्य तथा मञ्चका महासचिव रामकिरण तामाङले गरेका थिए । कार्यक्रमको सहजीकरण भने जनमुक्ति युवा महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा लुम्बीनी राज्य परिषदका संयोजक मन थापा मगरले गरेका थिए ।