अन्तरक्रिया कार्यक्रम सम्पन्न « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अन्तरक्रिया कार्यक्रम सम्पन्न


यलम्वर टाइम्स
१४ चैत्र २०७३, सोमबार १०:४१

Healthअर्जुनधारा / नेपाल सरकारको स्वास्थ्य नीति अन्तर्गत छैठौं चरणको हात्तीपाइले रोग निवारण कार्यक्रम सम्पन्न गर्नका लागि प्राथामिक स्वास्थ्य केन्द्र अर्जुनधाराले यहाँका राजनीतिक दल, संघसंस्था, बुद्धिजीवि र शिक्षकहरुसँग दुई चरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिश्चरेको सामुदायिक भवनमा सोमबार दुई चरणको कार्यक्रमको आयोजना गर्दै अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा फागुन २१, २२ र २३ गते वितरण गरिन लागेको हात्तीपाइले रोग विरुद्धको डीइसी र अबलेन्डाजोल औषधी खुवाउने सम्बन्धमा छलफल भएको थियो । यसका साथै कार्यक्रममा भनेको के हो ? कसरी लाग्छ ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।

प्राथामिक स्वास्थ्य केन्द्र अर्जुनधाराका डाक्टरद्वय मोदनाथ संग्रौला र सुमितसौरभ कर्णले कार्यक्रमको सहजीकरण गर्दै २ वर्षभन्दा साना बालबालिका, गर्भवती महिला, ७ दिनकी सुत्केरी आमा र क्यान्सर, मृगौला लगायतका दीर्घ रोगीहरु बाहेक अन्यले यो औषधी लिन सक्ने बताए ।

कार्यक्रममा श्याम घिमिरे, अर्जुनधारा जेसीजका अध्यक्ष प्रल्हाद ढुंगाना, राप्रपाका लवकुश गिरी, महिला सञ्जालकी पुनम सुवेदी, पम्फा विश्वकर्मा, शनिश्चरे उमाविका प्रअ भैरव पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका बज्रेशकुमार मेहेता लगायतले बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विरिष्ठ अहेव मुकुन्द बस्नेत, अहेव दुर्गाप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।